१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

राष्ट्रपतिद्वारा महान्यायाधिवक्तामा दिनमणी पोखरेललाई नियुक्त

१३ पुस, काठमाडाैं । सरकारको प्रमुख कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा अधिवक्ता डा दिनमणी पोखरेल नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उक्त पदमा पोखरेललाई नियुक्त गरेकी हुन् ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्युठान जिल्ला निवासी अधिवक्ता डा. दिनमणी पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : December 28, 2022 at 4:12 pm