२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्री र १ राज्यमन्त्री पाउने, यस्ता छन एमालेको भागमा पर्ने मन्त्रालय

१२ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबन्डाकाे प्रारम्भीक खाका बनेको छ । १२ मन्त्रालय दावी गरेकाे गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ९ देखि १० वटा मन्त्रालय पाउने बताइएकाे छ । अर्थ मन्त्रालय लिइसकेको छ । मन्त्रालय नटुंगिएका कारण अन्य तीन मन्त्रीले मन्त्रालय पाएका छैनन् । एमालेले शिक्षा, स्वास्थ्य, सहरी विकास, श्रम तथा रोजगार, सामान्य प्रशासन, युवा तथा खेलकुद, परराष्ट्र, पर्यटन र अर्थ मन्त्रालयले पाउने छ ।

यस्तै माओवादीले ७ मन्त्रालय दाबी गरेको छ तर उसले ५ वटा पाउने बताइएकाे छ । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।यसैगरि उपप्रधान एवं गृहमन्त्री पाइसकेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले  ५ वटा मन्त्रालय दावी गरेकाे छ । तर उसलाई ३ मन्त्री र १ राज्यमन्त्री दिने तयारी भएकाे एक नेताले जानकारी दिए ।

यस्तै २ देखि ३ वटा मन्त्रालय दिएर एकीकृत समाजवादीलाई सरकारमा ल्याउने प्रयास भइरहेको छ । एकीकृत समाजवादी सरकारमा आए  जसपा र जनमत पार्टीले २–२ वटा मत्रालय पाउने छन् ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १६:११