१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मुक्तिनाथ क्यापिटल र बिर्यानी अड्डाबीच विशेष छुट सम्झौता

१३ पुस, काठमाडाैं । मुक्तिनाथ क्यापिटल लिमिटेड र बिर्यानी अड्डा एन्ड तन्दुरबीच क्यापिटलका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौतापत्रमा क्यापिटलका वरिष्ठ प्रबन्धक अनिल महर्जन र बिर्यानी अड्डातर्पmबाट नवराज कार्कीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार क्यापिटलको निक्षेप सेवाअन्तर्गतका हितग्राही खातावालाले उक्त रेस्टुरेन्ट बिर्यानी अड्डाको शाखाहरु बालुवाटार, बानेश्वर वा पेप्सीकोलाबाट सेवासुविधाको शुल्कमा १०% छुट प्राप्त गर्न सक्नेछन्।

यस सेवा लिनका लागि मुक्तिनाथ क्यापिटलमा हितग्राही खाता भएका ग्राहकले आफ्नो डिम्याट खाता नम्बर र आफ्नो परिचय खुल्ने कागजात देखाई उक्त छुट प्राप्त गर्न सकिनेछ। बिर्यानी अड्डा एन्डद्वारा ग्राहकलाई वास्तविक बिर्यानीको स्वाद पस्कने मूल अठौटका साथ नेपाली बजारलाई अध्ययन गरी नेपालमै उत्पादित मसलाहरु प्रयोग गरी २०२० मार्चबाट औपचारिक रुपमा बानेश्वरबाट आफ्नो व्यवसाय शुभारम्भ गरेको हो।

मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)का रुपमा अनुमतिपत्र प्राप्त गरी निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रेसन, लगानी व्यवस्थापन तथा निक्षेप सदस्यसम्बन्धी सेवा विश्वसनीयताका साथ आफ्नो ग्राहकलाई प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : December 28, 2022 at 3:47 pm