२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमालेलाई ४ र माओवादीलाई २ प्रदेशमा मुख्यमन्त्री

१३ पुस, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सातै प्रदेशमा मुख्यमन्त्रीको भागवण्डा गर्ने विषयमा करिब सहमति बनेको छ । एमालेले ४ प्रदेश र माओवादीले २ प्रदेशमा मुख्यमन्त्री लिने समझदारी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बीचमा भएको छ । दुइ नेताले मधेश प्रदेशमा भने जसपा र जनमत पार्टीलाई आलोपालो मुख्यमन्त्री दिने समझदारी गरेका छन । सो अनुसार २ वर्ष ६ महिना एउटाले र २ वर्ष ६ महिना अर्को दलले मुख्यमन्त्री बनाउने छ ।

स्रोतका अनुसार एमालेले प्रदेश १, बागमती, गण्डकी र कर्णालीको मुख्यमन्त्री लिनेछ । त्यस्तै माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री हुनेछ । प्रदेशका मुख्यमन्त्रीहरू पनि केन्द्रको जस्तै आलोपालो गर्ने विषयमा समझदारी भए पनि त्यसमा भने ठोस निर्णय भएको छैन । एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, बागमतीमा जगन्नाथ थपलिया, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यमलाल कडेँल मुख्यमन्त्रीका लागि तयार छन ।

माओवादीबाट सुदुरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्नेछन भने लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन ।

 

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १५:१२