१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

पुस १७ देखि एनसीसी बैंकको सेयर १५ दिनसम्म कारोबार रोक्का हुने

१३ पुस, काठमाडाैं । एकीकृत कारोबार सुरु भएसँगै एनसीसी बैंकको सेयर कारोबार पुस १७ गतेदेखि १५ दिनका लागि रोक्का हुने भएको छ। कुमारी बैंकसँग मर्जरमा गई पुस १७ बाट एकिकृत कारोबार गर्न लागेको एनसीसी बैंकको सेयर कारोबार १५ दिनको लागि रोक्का हुने भएको हो  ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ मा भएको व्यवस्थाबमोजिम पुस १७ गतेबाट सेयर कारोबार रोक्का गरिदिन एनसीसी बैंकले नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई आग्रह गरेको छ।

उक्त निर्देशिकाको दफा ९ मा एकीकृत व्यवसायिक कारोबार गरेको मितिबाट गाभ्ने, गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था गरिएको छ।

सोही प्रक्रिया पूरा गर्न एनसीसी बैंकले नेप्सेलाई १५ दिन कारोबार रोक्का गरिदिन आग्रह गरेको हो। यो अवधिपछि एनसीसी बैंकको सेयर कुमारी बैंकको नाममा कारोबार गर्न मिल्नेछ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १४:२७