२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

शेरबहादुर देउवाले छाडे बालुवाटार

१३ पुस, काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसकेका छन् ।

सोमबार प्रचण्डले पदभार ग्रहण गरे पनि देउवाले बुधबार प्रधानमन्त्रीको सरकारी निवास छाडेका हुन् । बुढानिलकण्ठस्थित आफ्नो निजी निवास मर्मत भइरहेकाले देउवा बसुन्धरामा भाडाको घरमा सरेका छन् ।

२८ असार २०७८ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै बालुवाटार बसेका देउवाले प्रचण्ड प्रधानमन्त्री बनेपछि बसुन्धरामा सरेका हुन् ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १२:१२