२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता

१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बिहान ललितपुरको एक घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) लाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले उक्त पार्टीका शीर्ष नेताहरूसँग छलफल थालेका हुन् ।

अहिले उनीहरूबीच वार्ता जारी रहेको छ । नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तारबारे छलफल भएको जनाइएकाे छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १०:२९