१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१३ पुस, काठमाडाैं । सुपरमाई हाइड्रोपावर लिमिटेडकाे आईपीओमा आवेदन दिने आज पुस १३ गते बुधबार अन्तिम दिन रहेकाे छ । कम्पनीले मंसिर २१ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेकाे थियाे ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरु (अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका (बरबोटे) ५, सुम्बेक २ र माईजोगमाई गाँउपालिका ५ सोयाँङ्गका स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोवास गर्ने स्थानिय बासिन्दाहरुको लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता सेयर बाँडफाँट गरिनेछ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित मिति : December 28, 2022 at 9:57 am