१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्काशन

१२ पुस, काठमाडाैं । नेपाल धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका – २०७९” अनुसार संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्टयाइने भएको छ ।

यस अन्तर्गत सार्वजनिक निष्काशनमा आवेदन दिनका लागि निम्न उल्लेखित मापदण्डहरु पुरा गरेको हुनु पर्दछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्पmत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्ने छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नु पर्नेछ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सि–आश्वा रजिष्ट्रेशन नम्बर – CRN लिनु पर्नेछ ।

आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनु पर्ने छ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।

ग्राहकहरुको हितलाई मध्यनजर राख्दै “हरेक नेपाली शेयरधनी” अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपरोक्त विषय बारे जानकारीे प्रदान गरी सहजीकरण गर्नका निमित्त गरिमा क्यापिटल लिमिटेडमा सहायताकक्ष संचालनमा ल्याइएको व्यहोरा जानकारी गराएका छन् ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १६:१४