२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

अर्थमन्त्री पौडेलले छलफलका लागि बोलाए आन्दोलनरत व्यवसायीलाई


१२ पुस, काठमाडाैं ।नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत व्यवसायीलाई मन्त्रालयमा छलफलका लागि बोलाएका छन् । पुस ११ गते साेमबार साँझ अर्थमन्त्रीको कार्यभार सम्हालेका पौडेलले ब्याजदर वृद्धिको विरोध गरिरहेका व्यवसायीहरुलाई छलफलका लागि बोलाएका हुन् ।

कार्यभार सम्हालेकाे भाेलिपल्ट नै उनले वार्ताबाट समस्या समाधानकाे लागि व्यवसायीहरुलाई बाेलाएका हुन् । पदभार ग्रहण गर्दैगर्दा पौडलले संकटपूर्ण अर्थतन्त्र सुधार्ने वाचा गरेका थिए ।  उनले ब्याजदरको वृद्धि र चालूपूँजी कर्जा मागदर्शनको विरोधमा आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुलाई वार्तामा बोलाएका हुन् ।

चर्को ब्याजदर र राष्ट्र बैंकले ल्याएको चालुपुँजी कर्जा मार्गनिर्देशन स्थगितको माग गर्दै गत बिहीबारदेखि मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ समितिले आन्दोलन थालेका थिए।

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद्को पहिलो बैठकले नै अर्थतन्त्रलाई प्राथमिकतामा राखेकाे थियाे ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १२:३६