कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा प्रताप सुवेदी नियुक्त
१२ पुस, काठमाडाैं । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा प्रताप सेवेदी नियुक्त भएका छन् । अर्काे व्यवस्था नहुञ्जेलसम्मका लागि बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका हुन् ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।
प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ०९:४८












