७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

नेप्सेमा शाईन रेसुङ्गाको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

११ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।बैंककाे १३.३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ३ रूपैयाँ ६२ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ ।

नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३ सय ४४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली पुस १२ गते मंगलबारबाट दस्राे बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १७:०७