८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे उद्घाटन

११ पुस, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसर पारेर नक्साल, काठमाडौंस्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको आइतवार उद्घाटन गरेको छ । आइतवार आयोजित एक कार्यक्रमका बीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जीलाल अग्रवाल र वर्तमान अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू, बैंकका पूर्व सञ्चालकहरू, संस्थापक शेयरधनीहरू, बैंकको व्यवस्थापन एवं कर्मचारी तथा ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यसै गरी बैंकले उक्त समुद्घाटन समारोहमा बैंकमा १५ वर्ष वा सोभन्दा बढी निरन्तर कार्यरत रही योगदान प्रदान गरेका सेवारत कर्मचारीहरूलाई पनि सम्मान गरेको छ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय आफैँले निर्माण गरेको भवनमा स्थानान्तरण गरी बैंकका ग्राहकहरूलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले केन्द्रीय कार्यालयको निर्माण गरेको हो ।

केन्द्रीय कार्यालयको अतिरिक्त बैंकले पोखरा, विराटनगर र वीरगञ्जस्थित आफ्नै कार्यालय भवनबाट समेत बैंकिङ सेवा सुचारु गरिसकेको छ । अत्याधुनिक प्रविधिमैत्री बंैैकिङमार्फत आम ग्राहकहरूसमक्ष उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तिमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बंैकले विश्वास लिएको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), २१५ एटीएम, ११८ शाखारहित बैंकिङ सेवा र १ हजार ८०० भन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न बैंकिङ सुविधाहरू सरल एवं ग्राहकमैत्री ढंगले प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १५:४५