७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

तपाईकाे खातामा आयाे त १३.६ प्रतिशत लाभांश ? नआए यसाे गर्नुहाेस्

११ पुस, काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएकाे बैंकले जनाएकाे छ ।

बैंककाे साेर्ह्राैँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । साेही साधारण सभाबाट पारित गरिएकाे १०.६ प्रतिशत नगद लाभांश सेयरधनीहरूको बैंक खातामा पठाइएकाे बैंकले जनाएकाे छ ।

हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०९:५८