७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

साधना लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

१० पुस, काठमाडाैं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे पुस ८ गते, शुक्रबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छैटाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शनिबार हाेटल गाेरखा बिसाैनी, गाेरखाबाट बिहान ११:३० बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै सभाले, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कम्पनीले पुस २० गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पुस १९ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार ११:१४