दुई दिन एनआइसी एशिया बैंकको बैंकिङ सेवा अवरुद्ध हुने
८ पुस, काठमाडौं । एनआईसी एसिया बैंकको डिजिटल बैंकिङ कारोबारहरु अवरुद्ध हुने भएको छ। आज एक सूचना प्रकाशित गर्दै दुई दिन बैंकिङ सेवा अवरुद्ध हुने जनाएको हो ।
बैंकको कोर बैंकिङ सिस्टमको स्तरोन्नतिको लागि आज (पुस ८ गते) बैंकिङ कारोबार समय पश्चात शनिबार (पुष ९ गते) अपरान्हसम्म सेवा बन्द हुने भएको हो । याे अवधिमा बैंककाे इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीम, कार्ड (क्रेडिट÷प्रिपेड डलर कार्डबाहेक), रेमिट्यान्सलगायतका सेवाहरु अवरुद्ध हुने छन् ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १६:४०












