१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

एनआईसी एसिया बैंकले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?

७ पुस, काठमाडाैं । एनआईसी एसिया बैंक लिमिटेडले २५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको पुस ६ गते बुधबार बसेको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडाैंकाे तिलगंगास्थित होटेल आनन्द प्रालि (आरोग्य हल)मा बिहान ९ बजेबाट सुरु हुनेछ।

बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छैन। याे बर्ष सेयरधनीकाे हात खालि हुनेछ । सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृति गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस १८ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकको सभा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ११:५०