७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

नेरुडे लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

७ पुस, काठमाडाैं ।  नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७८७९का लागि लाभांश प्रस्ताव गरेको हुन् ।

कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २२  प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५७९ प्रतिशत नगद गरि कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १०:४६