७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

सेन्ट्रल फाइनान्सले घोषणा गर्याे लाभांश

६ पुस, काठमाडाैं । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

कम्पनीले अहिले घाेषणा गरेकाे लाभांश अघिल्लाे वर्षकाे तुलनामा घटेकाे छ । कम्पनीले २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाे थियाे ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १३:४४