२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

चीनसँग मिल्नुपर्छ भन्ने अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रूड अमेरिकाको राजदूतमा नियुक्त

५ पुस, काठमाडौँ । अमेरिकाका लागि अष्ट्रेलियाको राजदूतमा पूर्वप्रधानमन्त्री केभिन रुड नियुक्त भएका छन् । उनले राजदूत नियुक्तिमा खुशी प्रकट गर्दै सरकारलाई धन्यवाद समेत दिएका छन । रूडले उनले आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रुपमा कार्यभार सम्हाल्ने जानकारी दिएका छन । लेबर पार्टीका नेता केभिन रुड अष्ट्रेलियाका २६औँ प्रधानमन्त्री हुन् । चीनसँगको सम्बन्ध प्रगाढ बनाउनुपर्ने विषयमा लेख्दै र बोल्दै आएका रूडको राजदूत नियुक्तिलाइ अर्थपपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार ११:४७