७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एमालेले पनि माग्यो प्रत्यक्षमा चुनाव लड्ने उम्मेदवारको सूची

१३ पुस, काठमाडाैँ । नेकपा एमालेले पनि प्रत्यक्षतर्फको उम्मेदवार हुन चाहनेहरूको सूची संकलन गर्ने भएको छ । पुस २० गते भित्रमा निर्वाचन क्षेत्रीय कमिटी मार्फत उम्मेदवारको सिफारिस माग्ने निर्णय भएको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिनुभएको छ ।

आइतबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकपछि भट्टराईले भन्नुभयो, ‘आजको पहिलो सचिवालय बैठकले समानुपातिक सांसदका उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिनका साथै आगामी पौष २० गते भित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटी मार्फत सिफारिस गर्न निर्देश गर्ने निर्णय गरेको छ ।’

प्रकाशित मिति : December 28, 2025 at 8:08 pm