फरवार्ड माइक्रोफाइनान्सले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?
४ पुस, काठमाडाैं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे।
आज बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १०:४६












