लाभांश पारित गर्न एनएमबि बैंकले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?
१ पुस, काठमाडाैं । एनएमबि बैंक लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । संचालक समितिको बैठकले बैंकको २७ औँ वार्षिक साधारणसभा पुस २५ गते बिहान ९ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, काठमांडौमा संचालन गर्ने निर्णय गरेको हो ।
सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ८.२५ नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब साथै मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १०:४७












