एनसीसी बैंकसहित आज यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार
२९ मंसिर, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन बिहिबार पनि सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार दोहोरो अंकले घटेकाे हाे ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४८ अकंले घटेर १८८२.६० बिन्दुमा बन्द भएको छ । बिहिबार २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार एनसिसि बैंकको प्रोमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २२ करोड ८९ लाख ४२ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ९ करोड ३१ लाख, सिवाइसी नेपाल लघुवित्तको ६ करोड ३९ लाख, नेपाल टेलिकमको ५ करोड ३३ लाख र नबिल बैंकको ४ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १५:२०












