निफ्राको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, कति पाइन्छ ब्याज ?
२९ मंसिर, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को उर्जा ऋणपत्रमा आज मंसिर २९ गते बिहीबारदेखि आवेदन दिन सकिने छ ।
निफ्राले बार्षिक ७ प्रतिशत ब्यादरको ५० लाख कित्ता ऋणपत्रको ६० प्रतिशत ऋणपत्र व्यक्तिगत तवरबाट बिक्रि गर्ने छ भने बाँकि ४० प्रतिशत अर्थात २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गरिने छ । सर्वसाधारणका लागि छुट्यायको २० लाख कित्ताको ५ प्रतिशत अर्थात १ लाख कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्यायर बाँकि रहेको १९ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
७ वर्ष अवधिका लागि निष्कासन गरेको ‘निफ्रा उर्जा ऋणपत्र ७%–२०८५/८६’ मा बार्षिक ७ प्रतिशत ब्याज पाइने छ । ऋणपत्रमा पुस ४ गतेसम्म आवेदन दिन सकिने छ ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १४ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम २५ देखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
आवेदन सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यपिटल रहेको छ ।
प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १३:१२












