सिद्धार्थ बैंक ‘2nd Best Managed Commercial Bank ’ अवार्डबाट सम्मानित
२९ मंसिर, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेड ‘2nd Best Managed Commercial Bank ’ अवार्ड बाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रा. लि. ले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवार्डसमा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो ।
उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्रहण गरेका थिए । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले प्रेरित गरेको बैंकले जनाएकाे छ ।
यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ वटा ए.टि.एम्, ११८ शाखारहित बैंकिङ्ग सेवा र १,८०० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरु सरल एवं ग्राहक मैत्रीढङ्गले प्रवाह गर्दै आएको छ ।
प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ११:४९












