७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, मुद्दति निक्षेपमा १३.१३३ प्रतिशतसम्म ब्याज

२९ मंसिर, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि पुस १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिने भएकाे छ ।

बैंकको मुद्दति निक्षेपमा न्यूनतम १०.१३३ प्रतिशत देखि अधिकतम १३.१३३ प्रतिशतसम्म ब्याज तोकेकाे छ । साथै बैंकले रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३३ प्रतिशत व्याज दिने भएकाे छ । बैंकको आधार दर ८.३३ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदरमा उल्लेख छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १०:००