१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

गुराँस लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

२८ मंसिर, काठमाडाैं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । लघुवित्त कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको

संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने छ। लघुवित्त कम्पनीले गत आर्थिक वर्षभन्दा कम लाभांश वितरण गर्ने घोषणा गरेको हो। गत वर्ष लघुवित्तले १६.९१ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १०:३६