प्रभु बैंकले ४० लाख कित्ता सेयर बिक्री गर्दै, सर्वसाधारणले पनि भर्न पाउने
२७ मंसिर, काठमाडाैं । प्रभु बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले मंसिर २८ गतेदेखि ४० लाख कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे हाे । बैंकले उक्त सेयरकाे मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकेकाे छ ।
लगानीकर्ताहरूले साेही मूल्यलाई आधार मानेर सो वा साे भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त संस्थापक सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पुस १३ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बैंककाे सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेकाे छ । लगानीकर्ताहरूले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।
प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १३:५२












