७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

पुस महिनाको लागि पनि वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने

२७ मंसिर, काठमाडाैं ।  वाणिज्य बैंकहरुले पुस महिनाको लागि ब्याजदर नबढाउने भएका छन्। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) को सोमबार बसेको बैठकले पुस महिनाको लागि ब्याजदर नबढाउने निर्णय गरेको हाे ।

यसअघि मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा लिने लक्ष्यअनुसार पुसमा ब्याजदर फेरबदल हुन सक्ने बैंकरहरुले बताएका थिए। तर साेमबार बसेकाे  बैठकमा भने बैंकहरुबीच पुसमा ब्याजदर फेरबल नगर्ने सहमति भएको हो ।

पुसमा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम गर्नेछन्।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १३:२६