२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

नबिल बैंकको ३ लाख २ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

२७ मंसिर, काठमाडाैं । नबिल बैंक लिमिटेडले ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले संस्थापक सेयरधनी हिमालयन क्यापिटल मार्केट्स एन्ड इन्भेस्टमेन्ट प्रालिको नाममा रहेको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी काठमाडाैं दरबारमार्गस्थित बैंककाे केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता मूल्य खोली शिलबन्दी निवेदन दिनुपर्नेछ।

ताेकिएकाे समयभित्र उक्त सेयर खरिदका लागि कुनैपनि निवेदन नआएमा  प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १०:२०