६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

१०.५२६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२६ मंसिर, काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर २६ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २७ गते बुकक्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सभामा सहभागि हुन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कायम चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साेही लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ८ गते साधारण सभा डाकेको छ। सभाले उक्त लाभांश प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १०:०७