७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोले लिए शपथ

२५ मंसिर, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १७:०६