सेयर बजारमा भारी अंककाे गिरावट हुँदा आइतबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
२५ मंसिर, काठमाडौं । साताको पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा भारी अंककाे गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.९७ अकंले घटेर १८८५.३१ बिन्दुमा बन्द भएको छ ।
आज २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँको कारोबार भएको हो । आइतबार शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड ९३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।
साथै, नबिल बैंकको ७ करोड ५८ लाख ४३ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ५ करोड ५ लाख २ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ३ करोड ९२ लाख ४८ हजार रुपैयाँ र रिडी पावरको ३ करोड २० लाख २८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १५:१२












