२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

२२ मंसिर, काठमाडाैं । सिटिजन्स बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकका संस्थापक सेयरधनीले आफ्नाे नाममा रहेकाे १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे बैंकले जनाएकाे छ । उक्त सेयरकाे मूल्य १ सय ५३ रूपैयाँ ताेकिएकाे छ ।

एक सूचना प्रकाशन गर्दै बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे केन्द्रिय कार्यालय, नारायणहिटी पथ, काठमाडाैँमा निवेदन दिन आग्रह गरेको छ ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १४:५८