सानिमा बैंकसहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
२१ मंसिर, काठमाडाैं । साताको चौथो कारोबारको दिन बुधबार पनि सेयर बजारमा सुधार आउन सकेको छैन । साताको पहिलाे काराेबारकाे दिन सामान्य अकंले बढेकाे सेयर बजार साेमबारबाट निरन्तर घटेकाे छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६१ अकंले घटेर १९१७.२८ बिन्दुमा बन्द भएको छ । बुधबार २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँको कारोबार भएको छ ।
आज सानिमा बैंकको प्रोमोटर सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६७ करोड २ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, शिवम सिमेन्टको १३ करोड ८५ लाख ५४ हजार रुपैयाँ, नबिल बैंकको ४ करोड ५२ लाख ८७ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ३ करोड ७४ लाख र रिडी पावरको ३ करोड ३२ लाख रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १५:१६












