५ चैत्र २०८२, बिहीबार | Fri Mar 20 2026

थप २ कम्पनीको सेयर कारोबार फुकुवा, आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने

२१ मंसिर, काठमाडाैं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई कम्पनीको सेयर कारोबार फुकुवा गरेकाे छ । नेप्सेले समिट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेकाे हो। यी दुवै कम्पनीको आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएको छ।

यी दुवै कम्पनीको सेयर कारोबार मंसिर २५ गते आइतबार खुल्नेछ। मंसिर २२ गते बिहीबार सार्वजनिक बिदा र २३ गते शुक्रबार भएकोले सेयर कारोबार बन्द हुने छ । याेसँगै मर्जर प्रयोजनका लागि रोक्का रहेका १९ वटा कम्पनीको सेयर कारोबार फुकुवा भएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १४:४५