अन्तिम कारोबारको दिन यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री
१५ मंसिर, काठमाडौं । साताकाे अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज नेप्से ११.२२ अंकले बढेर एक हजार ९ सय ६१ दशमलब ०६ विन्दुमा बन्द भएको छ ।
नेप्से बढेसँगै आज सेयर बजारमा एक अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नबिल बैंकको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे १४ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनसीसी बैंकको प्रोमोटर शेयर ८ करोड १३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ७१ लाख, हिमालयन डिष्टिलरीको ७ करोड २ लाख र नेष्डो समृद्ध लघुवित्तको ४ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १५:१३












