सेन्चुरी कमर्सियल बैंकले घोषणा गर्यो लाभांश, बोनस कति ?
१५ मंसिर, काठमाडाैं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हाे ।
मंसिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ०९:४२












