मेगा बैंकको लाभांश परिमार्जन, अब कति पाइन्छ बोनस र नगद ?
१४ मंसिर, काठमाडौं । मेगा बैंक लिमिटेडले घोषणा गरेको लाभांश राष्ट्र बैंकले परिमार्जन गरेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत बोनस र ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त निर्णय पारितका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पठाएकोमा राष्ट्र बैंकले परिमार्जन गर्दै नगद थाेरै घटाएकाे छ । राष्ट्र बैंकले नगद लाभांश ६१ करोड २ लाख ४३ हजार २८० मात्र मात्र स्वीकृत गरेको हो । अब बैंकले ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार ०९:४५












