९५ करोडकाे काराेबार हुँदा आज यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
१३ मंसिर, काठमाडौं । साताकाे तेस्रो काराेबारकाे दिन मंगलबार सेयर बजार झिने अंकले बढेकाे छ । अघिल्लाे काराेबारकाे दिन अर्थात सोमबार दोहोरो अकंले घटेको सेयर बजार आज भने झिनो सुधार आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९९ अकंले बढेर १९५३.३५ बिन्दुमा बन्द भएको छ । यस दिन २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच हुदाँ ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार हिमालयन डिस्टलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड ७२ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ४ करोड ३१ लाख ६१ हजार रुपैयाँ, शिवम सिमेन्टको ४ करोड २२ लाख ४ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३ करोड १८ लाख ५९ हजार रुपैयाँ र एनसीसी बैंकको २ करोड ५२ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १५:२९












