नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको अन्तिम सम्झाैता स्वीकृत
१३ मंसिर, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडबीच मर्जरको अन्तिम सम्झाैता स्विकृत भएकाे छ ।
दुवै बैंककाे आज (मंसिर १३ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकबाट नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (Merger) प्रकृयाको क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्तान्तरण भएको सूचनामा उल्लेख छ ।
इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। यी बैंक १००ः९० को स्वाप रेसियो अनुपातमा मर्जर जाने सम्झौता भएको हाे । मर्जर पछि बैंकको नाम “ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ ।
मर्जरपछि बन्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चुक्तापुँजी ३४ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ। हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ।
प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १५:०१












