दोहोरो अंकको गिरावट आएको बजारमा साेमबार यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार
१२ मंसिर, काठमाडौं । साताको दोस्रो काराेबारकाे दिन साेमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार उच्च अंकले बढेकाे सेयर बजार २४ घण्टा नबित्दै फेरि घट्न थालेकाे छ । आज नेप्से १५.६१ अंकले घटेर एक हजार ९ सय ५० दशमलब ३७ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३२.४३ अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ९८ विन्दुमा बन्द भएको भएको थियो ।
नेप्से घटेसँगै आज कारोबार रकम पनि अघिल्लो दिनको तुनलामा घटेकाे छ । साेमबार एक अर्ब ४९ करोड रुपैयाको कारोबार भएको छ । सेयर बजारमा गिरावट आउँदा पनि साेमबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । उस दिन कम्पनीकाे १६ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ७ करोड २४ लाख, शिवम् सिमेन्ट्सको ६ करोड १६ लाख, एभेरेष्ट बैंकको ५ करोड ९८ लाख र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५ करोड ८८ लाख रुपैयााँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १५:१६












