५ चैत्र २०८२, बिहीबार | Fri Mar 20 2026

नेप्सेमा ३६ लाख ८२ हजार कित्ता बोनस सेयर सूचीकृत

१२ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज एक कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । नेप्सेमा साेमबार एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो। यस दिन नेप्सेमा कम्पनीकाे १४.५ प्रतिशत बोनस सेयर बापतकाे ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ काे नाफाबाट आफ्ना सेयरधनीहरुलाई १४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश गरि कुल १५.२६ प्रतिशत लाभांश वितरण गरेको छ। सोही १४.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १३:२८