नेपाल हाइड्रोले घोषणा गर्याे लाभांश, बाेनस कति ?
१२ मंसिर, काठमाडाैं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घाेषणा गरेकाे छ । कम्पनीको मंसिर ११ गते आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश आगामी १६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १०:४६












