६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

सेयर बजारमा उच्च अंंकको वृद्धि, २ अर्ब २ करोडकाे काराेबार

११ मंसिर, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । गत साता उतारचढाव देखिएको सेयर बजार आज उच्च अंंकको वृद्धि भएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  आज ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेकाे छ । यस दिन २३३ वटा कम्पनीकाे ४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहकाे सेयर बढेकाे छ । आइतबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४५ कराेड ४ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ८.२१ प्रतिशतले बढेर ९ सय ७४ रूपैयाँ पुगेकाे छ । यस दिन एनएमबी हाइब्रिड फण्ड एल १ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १५:३७