हरियाली छाएको सेयर बजारमा आज यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार
११ मंसिर, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । गत साता उतारचढाव देखिएको शेयरबजार आज ३२.४३ अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ९८ विन्दुमा बन्द भएको हो । आज नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा २ अर्ब २ करोड ५४ लाख रुपैयाँ बराबरको करोबार भएको छ ।
आइतबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ४५ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको १२ करोड ३ लाख, एनटिसिको ९ करोड ७९ लाख, शिवम् सिमेन्ट्सको ८ करोड १८ लाख र नेष्डो समृद्ध लघुवित्तको ६ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १५:२८












