२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

सडकमा छाडा गाइबस्तु छाड्नेलाई ६ महिना जेल सजाय


६ मंसिर, नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातको एक अदालतले आफ्ना गाईवस्तुलाई सडकमा छाड्ने एक व्यक्तिलाई ६ महिनाको जेल सजाय सुनाएको छ । गाइबस्तुलाई छाडा छोडेको र जनताको ज्यान जोखिममा पारेको अभियोगमा अदालतले प्रकाश जयराम देसाईलाइ दोषी ठहर गरेको हो ।

सडकमा छाडा गाइबस्तु छोडिने विभिन्न राज्यमध्ये गुजरात पनि एक हो । सडकमा छोडिने छाडा गाईवस्तुका कारण यहाँ सवारीलगायतका दुर्घटना हुने गरेका छन् । अपराध बढ्दै गएकाले दोषीलाई सजाय सुनाइएको अदालतले जनाएको छ ।

हिन्दुहरूको बाहुल्यता रहेको भारतमा गाई पवित्र जनावर हुन् । गुजरातलगायत १८ राज्यमा तिनीहरूलाई मार्नु गैरकानुनी छ । सन् २०१७ मा गुजरातले गाईको हत्या गर्नेहरूलाई आजीवन कारावासको सजाय हुने सूचना जारी गरेर गाई संरक्षण कानुनलाई कडा बनायो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १३:५९