२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

युक्रेनका लाखौँ मानिसको जीवन थप कष्टकर हुने डब्लूएचओको चेतावनी


६ मंसिर, किभ । युक्रेनमा यस वर्षको हिउँदमा लाखौ मानिसको जीवन कष्टकर हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । युक्रेनका १ करोड मानिस अहिले विद्युतविहीनको अवस्थामा रहेका र रुसी हमलामा युक्रेनका मुख्य पूर्वाधारमा ठूलो क्षति भएको युरोपका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक डा. हान्स हेनरी पी क्लुगले बताएका छन् ।

युक्रेनमा यो हिउँदमा तापक्रम माइनस २० डिग्री सेन्टिग्रेडमा झर्न सक्ने अनुमान गरिएको छ । रुसी हमलापछि युक्रेनका पूर्वाधारमा ७०३ वटा हमला भएका डब्लूएचओले जनाएको छ । गत वर्ष रुसले युक्रेनका महत्वपूर्ण पूर्वाधार र नागरिक भवनहरूमा क्षति पुर्याएको थियो ।युद्ध मैदानमा असफलतापछि रुसी रणनीति परिवर्तन भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ११:५९