कालिञ्चाेक दर्शनले आईपीओ निष्कासन गर्न बाेर्डबाट पायाे अनुमति
२ कार्तिक, काठमाडाैं । कालिञ्चाेक दर्शन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ ।
कम्पनीले आयाेजना प्रभावित स्थानिय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ कराेड रूपैयाँ बराबरकाे १२ लाख कित्ता आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार १४:१९












